उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ।
नेपालमा उपचार सम्भव नभएपछि उनलाई थाइल्याण्ड उपचारका लागि पठाउन लागिएको छोरा रवि किरण यादवले जानकारी दिए।
यादवको ढाड र गर्धनमा समस्या देखिएको हो। नर्भिक अस्पतालले यादवलाई उपचारका लागि विदेश जान सल्लाह दिएको थियो।
नर्भिकका प्रवक्ता आरपी मैनालीले यादवको मेरुदण्डमा समस्या देखिएको बताए। नर्भिकका न्यूरो सर्जन पंकज जलान र फिजिसियन जेपी जयसवालले यादवको स्वास्थ्य जाँच गरेका थिए।
ढाडका समस्याका कारण उभिन समस्या भएपछि डाक्टरले उनलाई आराम गर्न सुझाव दिएका थिए। उनको घुँडा समेत केही सुन्निएको छ।