नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ।
एमालेका नेता योगेश भट्टाराईका अनुसार उनी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।
पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा संसदीय दलको बैठक बसेको हो।
सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरूपमा पारित भएको हो।
बैठक अहिले पनि जारी छ।