प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई ‘नमुना संगठन’ का रूपमा रुपान्तरण गर्ने बताएका छन्।
प्रहरी संगठनको प्रमुख भएको महिना दिनपछि आफ्नो कार्यकालमा गर्ने १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै खनालले प्रहरी संगठनलाई नमुना संगठनका रूपमा विकसित गर्ने दाबी गरेका हुन्।
सातै प्रदेशको निरीक्षण तथा क्षेत्रिय गोष्ठी पुरा गरी राजधानी फर्किएका खनालले संगठनलाई चुस्त, आधुनिक प्रविधियुक्त र जनउत्तरदायी बनाउन प्रहरीले गर्नुपर्ने महत्वपूर्ण कार्यको पहिचान गरी सार्वजनिक गरेका हुन्।
आईजीपी खनालले प्रहरी संगठनको संघीय संरचनामा सहजता र त्यसलाई औचित्वपूर्ण तरिकाले व्यवस्थापन गर्ने बताएका छन्।
उनले आफ्नो पहिलो बुँदामा भनेका छन्, ‘प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्वपूर्ण व्यवस्थापन’ गर्ने।
अपराध अनुसन्धानमा सवल अफिसर भएर काम गरी चर्चामा आएका आईजीपी खनालले संगठित अपराध तथा महिला, बालबालिकामाथि हुने अपराध न्यूनीकरणलाई पनि उच्च प्रथमिकतामा राख्ने बताएका छन्।
उनले भनेका छन्, ‘संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानुनी कठोरता’ लिइनेछ।
त्यसैगरी खनालले विधिको शासन र सुनिश्चिताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा बस्तुनिष्ट आधारमा काम गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘विधिको शासन सुनिश्चिताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा बस्तुनिष्ट आधार निमार्ण’ गरिने छ।
प्रहरी संगठनमा लामो समयदेखि वृत्ति विकास हुन नसकेका कारण प्रहरी कर्मचारीमा अन्यौलता छाएको बेला आईजीपी खनालले प्रहरी कर्मचारीको उच्च मनोबल हुने खालका कार्यक्रम ल्याउने आश्वासन दिएका छन्।
उनले आफ्नो १० बुँदे योजनामा भनेका छन्,‘प्रहरी कर्मचारीको मनोबल उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’ र ‘सुशासनको पहरेदार’मा रुपन्तरण गर्नेछु।
प्रहरी कर्मचारीको मनोलललाई बढाएर संगठनलाई नमुना संगठन बनाउने उनको योजना छ।
उनले भनेका छन्, ‘प्रहरी कर्मचारीको मनोबल उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’र ‘सुशासनको पहरेदार’मा रुपन्तरण गर्नेछु।
त्यसैगरी उनले मानव अधिकारको प्रर्वधन, जोखिममा रहेका वर्गलाई विषेश कानुनी संरक्षण दिएर उनीहरुलाई न्याए दिलाउने उद्घोष समेत गरेका छन्।
उनले भनेका छन्, ‘मानव अधिकारको प्रर्वधन तथा जोखिममा रहेका वर्गहरुलाई विषेश कानुनी संरक्षण।’
त्यसैगरी उनले प्रहरीमाथि लाग्ने गरेको भष्ट्राचारको धब्वालाई मेटाउने उद्घोष समेत गरेका छन्।
उनले भनेका छन्, ‘संगठनिक सुद्धिकरण र भष्ट्राचारमाथि शून्य सहनशीलतामा अघि बढ्ने।
त्यसैगरी उनले प्रहरी कर्मचारीको व्यावसायिकता, पारदर्शीता र निष्टामा उत्कृष्टतालाई जोड दिएका छन्।
प्रहरीलाई सरकारप्रति प्रतिबद्ध एबम् नागरिक मैत्री प्रहरीको रुपमा छवि बिस्तारमा तिव्रतामा तिव्रता दिने उनको योजना छ।
त्यसैगरी, प्रहरी कर्मचारीलाई विषेश प्रशीक्षण दिएर प्रहरीलाई आत्मबलयुक्त तथा प्रविधियुक्त प्रहरी बनाउने उनको योजना छ।
उनले भनेका छन्, ‘विशेष प्रक्षिक्षणद्धारा आत्मबलयुक्त निर्भिक तथा प्रविधियुक्त प्रहरी मानव स्रोतको विकास।
त्यसैगरी उनले प्रहरी कर्मचारीको वृत्ति विकासमा सबलता र स्रोत साधनको चुस्त व्यवस्थापन गर्ने दाबी गरेका छन्।
त्यसैगरी प्रहरी कर्मचारीको मनोबल उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’र ‘सुशासनको पहरेदार’ मा रुपन्तरण गर्ने आईजीपी खनालको योजना छ।