नयाँ दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका नेता प्रचण्ड आफैं निर्वाचन आयोग पुगेका छन्।
नयाँ दल दर्ता गर्न ओलीले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई निवेदन बुझाएका छन्।
दुवै पार्टी विघटन र नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरेपछि केन्द्रीय समिति सदस्यको हस्ताक्षर लिएर नेताहरु आयोगमा पुगेका थिए।
यसअघि, दल दर्ताका लागि संयुक्त केन्द्रीय समितिको बैठकले सुवास नेम्बाङ र देव गुरुङलाई अधिकार दिएको थियो।
यसैबीच, सोही पार्टीको नाममा दर्ता भइसकेको छ अर्को पार्टीले मापदण्ड पुर्याएको छ भने एकीकृत पार्टी दर्ता नहुने आयोगले जनाएको छ।