नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बन्ने नयाँ कम्युनिष्ट पार्टीमा दुई जना बरिष्ठ नेता रहने भएका छन्।
नयाँ पार्टीको सहअध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल रहने छन्।
पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई नयाँ पार्टीको बरिष्ठ नेता बनाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए।
त्यस्तै नयाँ पार्टीको स्थायी समिति ४५ सदस्यीय हुने भएको छ।
यसअघि बुधबार स्थायी समिति ४३ सदस्यीय हुने र त्यसमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना छानिने निर्णय भएको थियो।
एमाले स्थायी समितिमा रहेका एक जना नयाँ पार्टीमा नपर्ने भएपछि स्थायीमा दुबै पार्टीबाट १/१ जना थप्ने निर्णय भएको हो।
नयाँ पार्टीको स्थायी समितिमा एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना छानिने भएका छन्।