भारतीय राज्य कर्नाटकको विधानसभामा केन्द्रमा सरकार चलारहेको भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाउने देखिएको छ।
मे १२ मा भएको चुनावको प्रारम्भिक परिणाममा २२२ सिटमध्ये भाजपा उम्मेदवार ११३ स्थानमा अगाडि छन्। कर्नाटकमा सरकार बनाउन ११३ सिट जित्नुपर्छ।
सन् २०१३ मा एक्लै बहुमत पाएको भारतीय कंग्रेस भने यसपालि आधा खुम्चने संकेत देखिएको छ। कंग्रेस उम्मेदवार ६५ स्थानमा अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
सन् २०१३ मा कंग्रेसले १२१ सिट जितेको थियो। कर्नाटकको अर्को प्रमुख दल जनता दल (समाजवादी)ले ४२ सिटमा अग्रता लिएको छ। पाँच वर्षअघि यो दलले विधानसभाका ४० सिट जितेको थियो।
बाँकी २ सिटमा अन्य दल अगाडि छन्।