अर्थमन्त्री युवराज खतिवडाले निर्वाचन क्षेत्र विकास कार्यक्रमबारे अहिले निष्कर्षमा पुग्न नसकिने बताएका छन्।
संसदमा प्रस्तुत विनियोजन विध्येक २०७५ का सिद्धान्त र प्राथमिकतामाथिक उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले जनप्रतिनिधिले योजना निर्माण, विकास र अनुगमनमा भुमिका खोज्नु स्वभाविक भएपनि त्यसका बारेमा थप छलफल आवश्यक भएको बताए।
विधयेकका सिद्धान्त र प्राथमिकताभन्दा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रममुखी छफल भएको भन्दै खतिवडाले विगतका जस्तै टुक्रे कार्यक्रममा बजेट बिनियोजन गर्न नसिकने प्रष्ट पारे।
जनप्रतिनिधमुलक व्यवस्थामा सांसदहरुले विकासमा हिस्सा खोज्नु नाजायज नभएको र विगतदेखिको अभ्यास पनि भएकोले यसबारेमा विकासकै मोडललाई कता लिने भनेर बहस गर्न सकिने उनको भनाइ छ।
सांसदहरुले दिएका सुझावहरुलाई बजेटका कार्यक्रममा यथोचित सम्बोधन हुने उनले बताए।