एमाले सांसद महेश बस्नेतले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई नेपालको झण्डा प्रयोगबारे प्रशिक्षण दिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकका बोल्दै उनले सो कुरा बताएका हुन्।
'लालबाबु राउतजीलाई नेपालको झण्डाबारे एकदिन प्रशिक्षण दिनुपर्छ', बस्नेतले संसदमा भने, 'मुख्यमन्त्री भएका कारण भनेका छैनौं। जो भए पनि मर्यादा जान्नुपर्छ।'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला जनकपुर मन्दिर परिसरमा राखिएको झण्डाको आकार र रंग मिलेको थिएन।
बस्नेतले सोही विषयलाई संसदमा प्रवेश गराएका हुन्।
'कीर्ती आजादको अभिव्यक्तिबारे पनि कुटनीतिक मर्यादामा ध्यान दिनुपर्छ', बस्नेतले भने।