नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी मेसिन दिने घोषणा गरेका छन्।
काठमाडौँको होटल द्वारीकाजमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त प्रेस वक्तब्यका क्रममा उनले क्यान्सरका विरामीको उपचारका लागि उक्त मेसिन दिने बताएका हुन्। नेपालको स्वास्थ्यक्षेत्रमा पनि आफुले सहयोग गर्ने भन्दै मोदीले भारतमा विकास भएको मेसिन दिने बताए।
'स्वास्थ्य सहयोगमा हामीले नयाँ कदम उठाएका छौँ। भक्तपुरस्थित क्यान्सर अस्पतालमा क्यान्सर विरामीको उपचारका लागि भारतमा विकसित भाभाट्रोन रेडियो थेरापी मेसिन इन्सटल गर्ने छौँ,' उनले भने।