भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अङ्कमाल गरेका छन्। ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत आयोजनाको शिलन्यासपछि मोदीले ओलीलाई अङ्कमाल गरेका हुन्। राजधानीको द्वारिकाज होटलमा ओलीले मोदीलाई अङ्कमाल गरेका हुन्। आजै दुवै प्रधानमन्त्री उस्तै पहिरनमा जनकपुर मन्दिर पुगेका थिए।
अङ्कमालपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मलेन गरेका थिए। संखुवासभामा बन्न लागेको उक्त आयोजना भारतीय कम्पनी सतलज निगमले बनाउनेछ। आयोजना ५ बर्षमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक आएका विदेशी पाहुना देखि विदेश भ्रमणमा क्रममा राष्ट्र र सरकार प्रमुखलाई अङ्कमाल गर्ने गरेका छन्। हेर्नुस् निशा भण्डारीले खिचेका फोटो -