भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोमसोम र मुक्तिनाथ मन्दिरको भ्रमणको क्रममा ५ तहको सुरक्षा व्यवस्था गरेको छ। मोदीको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले पाँच तहको सुरक्षा व्यवस्था मिलाएको हो।
जिल्ला सुरक्षा समितिले मोदीको भरपर्दो सुरक्षाका लागि शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार १२ बजेसम्म मुक्तिनाथ क्षेत्रको ८ सय मिटर वरपर पुरै शिल गरेको छ। नेपाली सेनाले कुकरसहित‘सर्चिङ’ समेत गरेको छ। मोदीको सुरक्षाका लागि राज्यका तर्फबाट पर्याप्त सुरक्षाकर्मी परिचालन हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिषिर पौडेलले जानकारी दिए ।
शनिबार हुने मोदी भ्रमणको स्वागतका लागि जिल्ला समन्वय स्वागत समिति, वारागुङ मुक्ति क्षेत्र गाउँपालिका र मुक्तिनाथ विकास समिति लगायतका समितिले ७ वटा स्वागत गेट निर्माण गरेका छन्।
मोदी भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा ५ वटा हेली प्याड बनाइएको छ। त्यसैगरी, बिरामी भए उपचारका लागि आकष्मिक कक्ष समेत निर्माण गरेको छ। मोदीले मुक्तिनाथका पुजारी कृष्ण प्रसाद सुवेदीमार्फत् पूजा र दर्शन गर्ने भएका छन्।
तस्बिरहरू: सुमन ढुङ्गाना