नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले अधिवेशन भएको लामो समयपछि पदाधिकारी मनोनित गरेको छ।
संघकी अध्यक्ष उमा रेग्मीले शुक्रबार उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावल मिश्रलाई मनोनित गरेकी हुन्। उनीहरू निर्वाचित सदस्य हुन्।
यस्तै, छलीकुमारी शर्मा उपाध्याय, गंगा अवाल, कमला भट्ट, नारायणी रायमाझी र मैया बस्नेत केन्द्रीय सदस्य भएका छन्। उनीहरू महाधिवेशन प्रतिनिधि हुन्। नेपाली कांग्रेसले पनि हालै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित गरेको थियो।
कांग्रेसका भातृ संस्थाहरू अधिवेशन भएको लामो समय हुँदा पनि पूर्णता पाउन सकेका छैनन्।