भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधानमन्त्रीको रूपमा नभई प्रधान तीर्थयात्रीका रूपमा भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै नेपालको इतिहास र धार्मिक स्थलबिना भारतको इतिहास र धार्मिक स्थल अधुरो, अपूरो हुने पनि स्पष्ट पारे।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सपना पुरा गर्न भारत सरकारको पुरा साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।
भारतीय प्रधानमन्त्री मोदीले गरिवी निवारण भारतको मुख्य लक्ष्य रहेकाले त्यसमा सहकार्य गरेर अघि बढ्ने पनि बताए।
उनले ‘बालबालिकाको पढाई, युवाको कमाई र वृद्धवृद्धाको औषधि’मा अभाव हुन नदिन आफूहरू लागि परेको स्पष्ट पारे।
उनले नेपाली जनतामा खुशीयाली दिलाउन आफू जनकपुर भ्रमण आएको पनि स्पष्ट पारे। भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग रेलमार्ग, जलमार्ग र हवाईमार्ग जोड्न चाहेको पनि स्पष्ट पारे।