भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपालीको ‘भिजन’ कार्यान्वयनमा सहयोग गर्ने बताएका छन्।
नेपाल भ्रमणमा आउनु केही घण्टाअघि मोदीले विज्ञप्ति जारी गर्दै मोदीले आफ्नो भ्रमणले नेपाललाई दिएको उच्च प्राथमिकता दर्शाएको समेत उल्लेख गरेका छन्।
'नेपाल प्रजातान्त्रिक विकासमा मजबुत उपलब्धि हात पार्दै उच्चस्तरको आर्थिक उन्नति विकासको क्षेत्रमा प्रवेश गरेको छ', विज्ञप्तिमा भनिएको छ, ‘भारत नेपालको नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपालीको ‘भिजन’ कार्यान्वयनका लागि साथमा छ।'
मोदीले आफ्नो भ्रमणले नेपाल र भारतको भ्रमणलाई थप बलियो बनाउने बताए। उनले केही वर्षको दौरान नेपाल र भारतले कयौं 'कनेक्टिभिटी' र विकास कार्यक्रम सम्पन्न गरेको जनाएका छन्।
मोदीले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको निरन्तरता भएको बताएका छन्। उनले आफ्नो भ्रमण 'छिमेक प्राथमिकता'को नीतिप्रतिको प्रतिबद्धताको रूपमा अर्थ्याएका छन्।