प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दैछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई परामर्शका लागि बोलाएका हुन्। बालुवाटारको बैठकमा ६ जना पूर्वप्रधानमन्त्रीहरू र प्रधानमन्त्री ओली छन्। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, खिलराज रेग्मी, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई उपस्थित छन्।
सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम जेठको पहिलो साता ल्याउने तयारी गरिरहेको छ ।