श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताएका छन्।
शनिबार राजधानीमा आयोजित संघीय संरचनामा अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले सरकारको सीमा, विद्यमान कानूनको सीमा तथा श्रमिकको समस्यालाई आधार बनाएर श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जानकारी दिएका हुन्।
श्रमिकहरूकै सरकार भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने उनले बताए।
आधारभूत तहका जनताको जीवनलाई माथि उठाउने अठोट सरकारले लिएको भन्दै उनले श्रम र सरकारलाई फरक ढंगले नबुझ्न आग्रह गरे। श्रमजीवी जनताको सरकार हो भन्ने महशुस गर्ने गरी सरकारले व्यस्थापन गर्ने उल्लेख गर्दै उनले आफूलाई सरकार ठानेर सरकारको अभियानमा साथ दिन सम्पूर्ण श्रमजीवीहरूलाई आह्वान गरे।
नेपालमा हाल १७ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेका छन्।
https://www.facebook.com/setopati/videos/1880590475344850/