कायमुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले प्रेस स्वतन्त्रताको नाममा सञ्चारमाध्यमले स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत समाचार सम्प्रेषण गर्ने गरेको आरोप लगाएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहिबार नेपाल पत्रकार महासंघले राजधानीमा गरेको कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश जोशीले सो कुरा बताएका हुन्।
प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्रको कल्पना गर्न नसकिए जस्तै न्यायालय र सञ्चार क्षेत्रबीच पनि फरक सम्बन्ध रहेको उल्लेख गर्दै उनले न्यायालयका समाचार सम्प्रेषणमा थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए। जनआस्थामा टिकेको आवाजविहीनको संस्था न्यायपालिकाका कार्यहरू सञ्चार जगतबाट सर्वसाधारण समक्ष पुग्ने भए पनि अदालतमा विचाराधीन रहेका मुद्दाका विषयलाई लिएर समाचार विश्लेषणको नाममा पक्षपातपूर्ण व्याख्या गरिनु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत हुने उनको तर्क थियो।
उनले भने, ‘अदालतले न्यायको घोषणा संविधान र कानूनकै आधारमा प्रदान गर्ने हो, अदालत भनेको भूमि सुधार अड्डा होइन।’
सञ्चार जगतप्रतिको विश्वास र निर्भरता चुलिँदै गर्दा सञ्चार माध्यमलाई विश्वसनियता हासिल गर्न चुनौती पनि थपिँदै गएकोतर्फ उनले सचेत गराए।
https://youtu.be/0VOmbs6Sf_g