प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच कुराकानी सुरू भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
एमाले र माओवादी केन्द्रले मार्क्स जयन्तीको दिन पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिरहेका छन्।
आजै दुई दलको एकता संयोजन समितिको बैठक बस्ने सम्भावना समेत रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार सचिवालयलाई सांगठनिक अवस्थाको रिपोर्ट अद्यावधिक गर्न निर्देशन दिएका थिए। प्रचण्डले बैठकमा पार्टी एकता छिट्टै हुने ब्रिफिङ गरेका थिए।