नेकपा माओवादी केन्द्रले सांगठनिक स्थितिको अद्यावधि तीव्र पार्न मातहतलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता दिँदै सांगठनिक स्थितिलाई अद्यावधि गर्न मातहतलाई निर्देशन दिएको हो।
दुवै पार्टीका नेताले पार्टी एकता छिट्टै हुने बताइरहेका बेला माओवादीले भने संगठनलाई सुदृढ बनाउने पहल थालेको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि दुई पक्षीय छलफलमा भएका सहमति र सहमति जुट्न बाँकी विषयबारे जानकारी गराएका थिए।
उनले पार्टी एकताका लागि राजनितिक विषय टुंगो लागिसकेकाले संगठनको आकार र विधानमा राखिने विषय माथिको छलफल जारी रहेको जानकारी गराउँदै छिटै पार्टी एकताको टुंगो लाग्ने बताएका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
प्रवक्ता भुसालले जनयुद्ध, माओको जनवाद, जबज र २१ औं शताब्दीको जनावादको विषय टुंगोमा पुगिसकेको बताइन्। उनले पार्टी एकता व्यापार नभई सम्मानजनक सहभागिता रहेको बताइन्।
https://youtu.be/UGA5SSjcxu4