गृहमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले विभिन्न धर्म र जातको नाममा तथा समानान्तर सरकारको नाममा राजनीतिक अस्थिरता ल्याउने षडयन्त्र भइरहेको बताएका छन्।
मंगलबार प्रदेश ३ को राजधानी हेटौंडामा स्थानीय सञ्चारकर्मीमाझ उनले त्यस्ता षडयन्त्रलाई निस्तेज पार्न सरकार प्रतिबद्ध रहेको जनाए।
उनले मुलुकमा राजनीतिक अस्थिरता ल्याउन भइरहेको षडयन्त्रलाई निस्तेज पार्न पनि एमालेसँगको पार्टी एकतामा ढिलाई गर्न नहुनेमा जोड दिए।
गृहमन्त्री थापाले मुलुकको शान्ति, सुरक्षालाई सदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले सरकार अपराध नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न पनि लागि परेको बताउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउँदै मुलुकको विकास, निर्माणको कामलाई गति दिने पनि उल्लेख गरे।
https://www.facebook.com/setopati/videos/1875047845899113/