नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक/दुई दिनभित्रै पार्टी एकताको घोषणा हुने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘मार्क्सको जन्मदिनको अवसर पारेर घोषणा गर्ने तयारीमा छौं।’
उनले कार्यकर्ताहरूलाई लक्षित गर्दै भने, ‘एकता प्रक्रिया अघि बढिसक्यो यहाँबाट पछि हट्ने कल्पनै नगर्नु होला। हामी अगाडि बढि नै सक्यौं इतिहास अगाडि बढिसक्यो। यसलाई कसैले रोकेर रोकिँदैन।’
पहिलो पटक श्रमिक दिवस मनाएको उल्लेख गर्दै उनले एकतालाई अन्तिम रूप दिने तयारी भइरहेको बताए। ‘हामीले यो मे दिवस यसकारण मनाइरहेका छौं कि हामी एकताबद्धको अन्तिम चरणमा आएका छौं’, उनले भने, ‘एक/दुई दिनभित्रै एकतालाई अन्तिम रूप दिने तयारीमा छौं।’
‘२०१९ सालबाट विभाजित भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अन्तिम तयारीको सन्दर्भमा हामी यो मे दिवस मनाउँदै छौं’,उनले भने।
https://youtu.be/ONF1GzmF0s8