सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले जनताले राजनीतिक स्थिरता र विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेको भन्दै सोही जिम्मेवारी पुरा गर्ने दायित्व आफूहरूको काँधमा आएको पनि स्पष्ट पारे।
मंगलबार बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उनले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरूमाथि पनि आएको स्मरण गराए।
उनले युद्धलाई शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफूहरूले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे। अध्यक्ष दाहालले जनताले मुलुकमा राजनीतिक अराजकताको अन्त्य भएको र विकास, निर्माणको कामले गति लिएको हेर्न चाहेको पनि बताए।
अध्यक्ष दाहालले जनताले बामपन्थीहरूलाई मुलुकको समृद्धिका लागि दुई तिहाई बहुमत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रूपमा लिएर अघि बढ्ने योजना पनि अघि सारे।
https://youtu.be/PQmFQHDQvOw