प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका छन्।
२५६२ औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोहोर्याउँदै दोधार हुन आवश्यक नभएको बताए।
उनले भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालै जन्मिएका भनेर गएको बताउँदै प्रश्न गरे, ‘किन बुद्धको जन्मबारे मान्छेले भ्रम फिजाउँछन् ?’
बुद्ध दर्शन नेपालबाटै सुरू भएको बताउँदै प्रधानमन्त्रीले बहस र विवादको विषय नबनाउन आग्रह गरे।
‘बुद्धका उपदेश कालजयी छन्, आज पर्यन्त पनि उत्तिकै सान्दर्भिक छन्’ उनले भने, ‘मुर्खहरू विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन्।’
प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरताका आवश्यक भएको बताए। उनले लुम्बिनीलाई शान्तिको अनुभूति हुने ठाउँको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।