राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा निर्माण गरिने ५ हजार व्यक्ति क्षमताको ध्यानकेन्द्रसहितको सभाहल शिलान्यास गरेकी छन्।
२५६२ औँ बुद्धजयन्तीको अवसरमा सोमबार बिहान उनी लुम्बिनी आएकी हुन्।
हेलिकप्टरबाट अवतरण गरेलगत्तै उनी शिलान्यास कार्यक्रममा सहभागी भएकी थिइन्।
उनले बिहान १० बजे सभाहलको शिलान्यास गरेकी हुन्।
उक्त सभाहलको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने करसहित ३२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।