प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन्।
लुम्बिनीबाट सुरू भएको शान्ति र्यालीमा करिब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागिता थियो।
त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गरेका थिए भने अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको निरीक्षण गरेका थिए।
आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री सोमबार नै काठमाडौं फर्कने कार्यक्रम छ ।