झन्डै एक महिनादेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिने भएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आइतबार साँझ सुरु भएको १४ औं दिनको बैठकमा महामन्त्री शशांक कोइरालाले लिखित दस्तावेज पेश गरेका छन्।
आजैको बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र बैठक सकिने उनले जानकारी दिए।
गत चुनावमा हार भएको हारको समीक्षा गर्न चैत ९ देखि कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो।
पछिल्लो समय हारको जिम्मेवारी कसले लिने र महासमिति बैठक कहिले बोलाउने भन्ने विषयमा सभापति देउवा र अर्को पक्षबीच कुरा मिल्न सकेको थिएन।