उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले आगामी बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टीको आइतबार काठमाडौंमा सम्पन्न राजनीतिक समितिको बैठकले केन्द्रीय कार्यसमिति बैठकको मितिसहितको एजेन्डा तय गरेको हो।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन सुदृढिकरणलगायतका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्य समिति बैठक आगामी बुधबार बोलाउने निर्णय गरिएको नेता रामसहाय यादवले जानकारी दिए।
संघीय समाजवादी फोरम, नेपालले सरकारलाई समर्थन दिए पनि आफूहरूको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता नआई सरकारमा नजाने अडान राख्दै आएको छ।
नेता यादवले राजनीतिक समितिको बैठकले पनि मधेशका जनताको पक्षमा लिएको पार्टीका अडान अनुरुप लिखित प्रतिबद्धता सरकारले जनाएमात्रै सरकारले जाने अडान यथावत रहेको स्पष्ट पारे।
बैठकमा अध्यक्ष यादवले सरकारका पछिल्ला गतिविधि संघीयताविरोधी रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
https://www.facebook.com/setopati/videos/1872536036150294/