प्रदेश नम्बर ४ का चारवटै संसदीय समितिका सभापतिले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा नेकपा (माओवादी केन्द्र)का दीपक कोइराला र प्रदेश मामिला समितिमा जनमोर्चाका कृष्ण थापा निर्विरोध बनेका हुन्।
चारवटै समितिका सभापतिलाई आज सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।रासस