सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।
अध्यक्ष दाहालले जनताको जीवनमा परिवर्तन हुनेगरी विकास, निर्माणको काम अघि बढाउने गरी बजेट नआए मुलुकमा प्राप्त राजनीतिक परिवर्तनमा दिगोपना नआउनेतर्फ पनि सचेत गराए।
शुक्रबारदेखि काठमाडौंमा सुरू भएको ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा अनुकूल समय रहेको पनि स्मरण गराए।
अध्यक्ष दाहालले विकास, निर्माणद्वारा जनताको जीवनस्तरमा सुधार ल्याउने गरी मुलुकमा सबै तहको सरकार निर्माण भएको पनि उल्लेख गरे।
अध्यक्ष दाहालले सरकार बलियो भएकाले मुलुकलाई समृद्ध बनाउन सक्षम हुने विश्वास पनि व्यक्त गरे।
https://youtu.be/AVVVCc0Af-8