गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गत शनिबार अज्ञात समूहको आक्रमणमा परी घाइते भएका मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन्।
गृहमन्त्री बादलले घाइते श्रेष्ठ उपचारत नेपाल–कोरिया मैत्री अस्पताल, भक्तपुरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
सो क्रममा गृहमन्त्रीले आक्रमणमा संलग्न भएको आशंमा केही व्यक्ति पक्राउ परिसकेको र अन्यको पनि खोजी जारी रहेको बताए। उनले आक्रमणप्रति दु:ख व्यक्त गर्दै यस्ता घटना दोहोर्याउन नदिन गृह मन्त्रालय सतर्क रहेको जानकारी दिए।
उनले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। श्रेष्ठमाथि गत शनिबार आफ्नै निवासमा अज्ञात समूहले रड प्रहार गरेको थियो।