संघीय संसदअन्तर्गत रहने समितिमा ३३ प्रतिशत महिला सभापति हुने भएका छन्।
संसदको नियमावली मस्यौदा समितिले एक तिहाई सभापति महिला बनाउने सहमति जुटाएको हो।
प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ समिति बनाउने गरी समितिले छलफल गरिरहेको छ।
यद्यपी कांग्रेसले प्रतिनिधि सभामा समितिको संख्या घटाउनुपर्ने धारणा राखेको छ। नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले पहिलोपटक संसदीय समितिमा महिला सभापति राख्ने लिखित व्यवस्थामा समझदारी भएको बताए।
‘अब कम्तिमा पनि संसदीय समितिमा ३ जना महिला सभापति हुनेछन्’, पोखरेलले सेतोपाटीसँग भने।
यसअघि दोस्रो संविधानसभा रहँदा १२ समिति रहेका थिए। जसमा दुई जना मात्र महिला सभापति थिए।