सरकारले काठमाडौं उपत्यकाको सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहरी वन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर साझा कार्यक्रम तय गर्ने योजना पनि अघि सारे।
बुधबार सिंहदरबारमा आयोजित ‘काठमाडौं उपत्यकाको सहरी वन विकास’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले वन र वातावरण क्षेत्रको संरक्षणका लागि स्थानीय तहसँग साझेदारी गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। सरकारले यो वर्ष सहरी क्षेत्रको वन विकासका लागि वार्षिक कार्यक्रम नै बनाएर अघि बढ्ने योजना पनि तय गरेको छ।
मन्त्री बस्नेतले वन क्षेत्रको संरक्षणका लागि सरोकारवाला निकायहरूबीच संयुक्त पहल हुनुपर्नेमा पनि जोड दिए।
https://youtu.be/s36QK7uBZUY