सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन्।
उपाध्यक्ष गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न नसके ५ वर्षपछि वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए।
उपाध्यक्ष गौतमले जनताको भरोसा हुनेगरी काम गर्ने अवसर वर्तमान सरकारलाई रहेको पनि स्मरण गराए।
सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको आकर्षणको केन्द्र विन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
उपाध्यक्ष गौतमले वाम गठबन्धनले हासिल गरेको उपलब्धी जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्ने बताए।
उनले मुलुकलाई समृद्ध बनाउने अवसर सदुपयोग नगरे ५ वर्षपछि पुनः कांग्रेसको शासन सुरू हुने पनि बताए।
https://www.youtube.com/watch?v=TOMTpGTQ2pc&feature=youtu.be