अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका कार्यवाहक अध्यक्ष पद उपाध्यक्ष महेश बर्तौलाले सम्हालेका छन्।
अनेरास्ववियू अध्यक्ष नविना लामाले व्यक्तिगत र पारिवारिक कारण आफूले पार्टीको नियमित कार्यसम्पादन तथा कामको अगुवाइ गर्न समय अभाव देखाउँदै सो पद उपाध्यक्ष बर्तौलालाई हस्तान्तरण गरेकी हुन्।
एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा थिइन्। उनले आइतबारको मितिबाट लागू हुने गरी अनेरास्ववियू अध्यक्ष पद उपाध्यक्ष बर्तौलालाई हस्तान्तरण गरेकी हुन्।
लामा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्।