माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ९ गते नै पार्टी एकता गर्ने निर्णय नभएको जिकिर गरेका छन्।
आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुराको जिकिर गरेका हुन्।
‘ओलीजी र मबीच पार्टी एकताबारे छलफल त भएको थियो तर मिति भने तय भएको थिएन। मिडियामा हल्ला भयो। तर त्यो हाम्रो औपचारिक निर्णय भने थिएन’, कार्यक्रममा बोल्दै उनले भने,‘पार्टी एकता भइछाड्छ तर अहिले नै मिति भने तय भएको छैन।’