नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम निर्धारित समयभन्दा ४ घन्टा ढिलो सुरू भएको छ।
लेनिन जयन्ती समेत मनाउने भन्दै आयोजना गरिएको कार्यक्रमको ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि ब्यानर झिकिएको थियो।
त्यसपछि दुई वटा व्यानर राखेर कार्यक्रम सुरू भएको हो।
कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा मार्क्स र लेनिनको तस्वीर मञ्चमा कुर्सीमा राखिएको छ।
https://www.facebook.com/setopati/videos/1863192580417973/