एमाले-माओवादी कार्यक्रममा दुइटा बोर्ड राख्ने सहमति भएको छ।
एमाले- माओवादी नेताबीच दुइटा बोर्ड राख्ने सहमति भएपछि बोर्ड विवाद टुंगिएको छ।
लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले आइतबार गर्ने भनिएको संयुक्त सभा बोर्ड विवादकै कारण कार्यक्रम सुरू हुन सकेको छैन।
एमाले- माओवादी नेताबीच दुइटा बोर्ड राख्ने सहमति भएपछि अघि हटाइएर भित्तापट्टि उल्टो गरी राखिएको बोर्ड अगाडि मञ्चमा राख्न लागिएको छ।
दर्शकदीर्घाबाट विरोध आएपनि वाइसिएल अध्यक्ष दीपशिखाले अर्को बोर्ड ल्याउँदै गरेको जानकारी दिएका छन्।
तर, उक्त बोर्डमा के लेखिएको छ त्यसबारे भने अहिले एकिन गर्न सकिएको छैन।
लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर नभएपछि दर्शकदिर्घामा बसेका एक व्यक्तिले बोर्डबारे आपत्ती जनाएका थिए। त्यती मात्र होइन उनले अगाडि मञ्चमै आएर बोर्ड हटाउने प्रयास गरे।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारी तथा केपी ओली र प्रचण्डका ठूला तस्वीर भएको बोर्डमा लेनिनकै तस्बिर नभएपछि कार्यकर्ताले कार्यक्रम सुरू हुनेवित्तिकै हुटिङ सुरू भएको थियो।