प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई अघि बढाउन नेपालको संसदले रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।
सभामुख महराले सार्कलाई गतिशील बनाउन सघाउ पुर्याउने उद्देश्यका साथ ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेश’ नामक पुस्तकनै प्रकाशन गरिएको पनि स्पष्ट पारे।
संघीय संसदले सार्कका गतिविधिलाई समेटेर तयार पारेको सो पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ३ वर्षयता सार्क शिखर सम्मेलन हुन नसक्नु दुःखद भएको पनि बताए।
सभामुख महराले पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको सार्कको १९ औं शिखर सम्मेलन आयोजना हुन नसक्नुले यसको आचित्यमाथि नै प्रश्न उठने गरेको पनि स्मरण गराए।
उनले सार्कलाई गतिशील बनाउने कार्यमा नेपालको संसदले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सभामुख महराले प्रतिनिधिसभा नियमावली र राष्ट्रियसभा नियमावली पारित हुनेबित्तिकै संसदले समितिहरूमार्फत् अन्तर्राष्ट्रिय संघ, संस्थाहरूको गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने पनि बताए।
https://www.youtube.com/watch?v=xSfVDH6ceFQ&feature=youtu.be