नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः आज बस्दैछ।
यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश केन्द्रीय सदस्य राजधानीबाहिर भएकाले बैठकै नबसी स्थगित भएको थियो।
गत चैत ९ गतेदेखि सुरू भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेछन्।
बैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन्। अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।।