नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले एमालेसँग पार्टी एकता समानताका आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन्।
नेता सापकोटाले दुई पार्टीबीचको एकता सम्मानजनक हुनुपर्ने पक्षमा आफूहरू रहेको पनि स्पष्ट पारे।
बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आम नेतादेखि कार्यकर्तासम्म तथा समर्थकदेखि सुभेच्छुकसम्मलाई गौरवबोध हुने गरी पार्टी एकता हुनुपर्ने तर्क पनि गरे।
नेता सापकोटाले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने सम्भावना भने नरहेको पनि स्मरण गराए। उनले पार्टी एकता हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरे।
केही विषय छलफलमा रहेकाले पार्टी एकतामा केही ढिलाई हुने देखिएको पनि बताए।
नेता सापकोटाले जनयुद्ध र पार्टी एकताको मोडालिटी लगायतका विषयलाई टुंगो लगाउन २ पार्टीका नेतृत्वबीच छलफल भइरहेको पनि जानकारी दिए।
https://www.youtube.com/watch?v=SjEmXIr0vqI&feature=youtu.be