रुपन्देहीको बुटवल उपमहानगरपालिकाले स्थानीय कानूनको संगालो मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको छ।
नगरसभाबाट पारित विभिन्न २६ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि उपमहानगरपालिकाले प्रदेश सरकारलाई बुझाएको हो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्था अनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन कुमार विसीसहितको टोलीले स्थानीय कानूनको एक प्रति मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो।
नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ उपदफा ९१० बमोजिम बुटवल उपमहानगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरि राजपत्रमा प्रकाशित गरेको थियो।
राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयमा आउने छन्।