प्रधानमन्त्री ओली रारा पुगेका छन्।
कर्णाली प्रदेशले आयोजना गर्ने पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ पनि कार्यक्रमस्थल पुगिसकेका छन्।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पर्यटनमन्त्री अधिकारीले जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले राराबाटै भोलि देशबासीको नाममा सम्बोधन गर्नेछन्। यसका साथै, सोही कार्यक्रम मार्फत् उनले यसपालि एकजना बालिकालाई विद्यालय भर्ना गराउने बताएका छन्।