विज्ञहरूले दिगो विकास हुने गरी सबै तहमा बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
संघीयता तथा स्थानीय शासनका विज्ञ खिमलाल देवकोटाले सरकारले मुलुकको शान्ति, समृद्धि र दिगो विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए।
बुधबार काठमाडौंमा आयोजित ‘कस्तो हुनुपर्छ आगामी बजेट ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा दिगो शान्ति कायम हुने गरी ३ तहको सरकार निर्माण गरिएको पनि स्मरण गराए।
विज्ञ देवकोटाले सबै राजनीतिक पार्टीको घोषणा पत्रले पनि बजेटको व्यवस्था गर्दा मुलुकको दिगो विकास र समृद्धिलाई नै जोड दिन बाध्य बताउने पनि स्पष्ट पारे।
आगामी जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ। विज्ञ देवकोटाले मुलुकको समृद्धि, दिगो शान्ति र विकासमा नै बजेट केन्द्रीत भएर बजेट आउने विश्वास पनि व्यक्त गरे।
मुलुकको दिगो शान्ति, समृद्धि र सुशासनका लागि सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको बलियो सहकार्य हुनुपर्नेमा पनि विज्ञहरूको जोड छ।