तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता सकिएको छ।
हैदरावाद हाउसमा दुबै देशका प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा विभिन्न सम्झौता र समझदारी पत्र हस्ताक्षर भएको छ।
संयुक्त पत्रकार सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे।
‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ,’उनले भने।
हेर्नुहोस् भिडियो :
https://youtu.be/53QHJDa-0FI