नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्।
नेता सिंहले पार्टीमा विद्यमान चुनौतीलाई चिरेर अघि बढ्न आवश्यक नीति तथा कार्यक्रम तत्काल तय गर्न पनि सभापति देउवालाई दबाब दिए।
पार्टी निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेकै कारण पार्टी सामू चुनाती थपिँदै गएको पनि दाबी गरे।
उनले जनताको अपेक्षाभन्दा पनि व्यक्तिको पछि लाग्ने प्रवृत्तिका कारण पार्टी कमजोर भन्दै गएको पनि बताए।
कांग्रेस नेता सिंहले जनताको समृद्धिको चाहनालाई पुरा गर्न वित्तीय क्षेत्र अनुशासित हुनुपर्ने धारणा पनि राखे।