प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक चैत २५ गते बस्ने भएको छ।
२४ गते शनिबार कार्य व्यवस्थाको बैठक बस्ने र विभिन्न विधेयकमा छलफल हुने गरी २५ गते आइतबार दिउँसो १२ बजे प्रदेश सभाको बैठक हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए।
हालसम्म ३ नम्बर प्रदेश सभा सचिवालयमा २१ गते बुधबारसम्म गरी नगर जिल्ला सभाको कार्यविधि सञ्चालन गर्ने सम्बन्धका व्यवस्थित गर्न बनेको विधेयक मात्रै दर्ता भएको छ।
१८ गते आइतबार उक्त विधेयक दर्ता भएको प्रदेश सभा सचिवालयका सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए।
३ नम्बर प्रदेश सभा सदस्यहरूलाई अस्थायी परिचय पत्र प्रदान गरिएको छ। यसअघिको प्रदेश सभाको बैठकमा आधाभन्दा बढी प्रदेश सभा सदस्यहरूले परिचय पत्र लिइसकेको र अब आइतबार हुने प्रदेश सभा बैठकमा सबै सदस्यहरूलाई अस्थायी परिचयपत्र प्रदान गरिने प्रदेश सभा सचिवालयले जानकारी दिभएको छ।
ठेगाना तथा स्थायी राजधानी र प्रदेशको नाम नतोकिँदा परिचय पत्र पनि अस्थायी बनाउन परेको सभामुख सानुकुमार श्रेष्ठले बताए। त्यस्तै, प्रदेश सभा सदस्यहरूको लागि लोगोको व्यवस्था गर्न छिट्टै लोगो तयार हुने सभामुख श्रेष्ठले बताएका छन्।
लोको लागि ७ वटा नमूना संघीय संसदमा पठाइएको पनि श्रेष्ठले बताए। यस्तै, सभामुख सानुकुमार श्रेष्ठले यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले सभामुखलाई निजी सचिवको लागि र सेवा सुविधाका कारण सैद्धान्तिक सहमति गरे तापनि पदीय मर्यादा र सेवा सुविधाको कारण सचिव राख्न आज आकस्मिक बैठक हुने भएको छ।
आज हुने बैठकमा सरकार तथा अन्य विषयमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ।