कर्णाली प्रदेशको ‘आर्थिक कार्यविधि विधेयक, २०७४’ पारित भएको छ ।
बुधबार बसेको संसद् बैठकले फास्ट ट्रयाकमार्फत आर्थिक विधेयक पारित गरेको हो। संसद्मा पहिलो कानूनका रूपमा पेश भएको उक्त विधेयक पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने र खर्च गर्ने बाटो खुलेको छ।
प्रदेशसभा नियमावली २०७४ को नियम १०९ को उपनियम १ अनुसार फास्टट्र्याकमार्फत विधेक पारित भएको हो । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गत सोमबारको संसद वैठकमा उक्त विधेयक पेश गरेका थिए ।
कर्णाली प्रदेश सरकारले अब चालू आर्थिक वर्षको लागि आंशिक बजेट ल्याउने भएको छ।