सरकारले आवास निर्माण गरिरहेका भूकम्प पीडितहरूलाई दोश्रो किस्ताको रकम लिने समय थप गरेको छ।
पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बालुवाटारमा बसेको बैठकले निजी निवास निर्माणका लागि दोश्रो किस्ताको रकम दिने समय असार मसान्तसम्म थप गरेको हो।
यसअघि सरकारले असारसम्म पहिलो किस्ता लिनेहरूका लागि चैत मसान्तसम्म दोश्रो किस्ता लिने समय निर्धारण गरेको थियो।
प्राधिकरणका अनुसार १ लाख १३ हजार ८ सय ६२ घर सम्पन्न भइसकेका छन् भने ३ लाख ९४ हजार ८ सय ७८ घर निर्माणाधीन अवस्थामा छन्।