प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा सर्वसम्मत शोक प्रस्ताव पारित गरेको छ।
शोक प्रस्ताव पारित पश्चात १ मिनेट मौन धारण गरिएको छ।
खड्काको गत शुक्रबार दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे र राष्ट्रियसभाको अपराह्न ४ बजे बस्नेछ।
https://www.youtube.com/watch?v=Z7YPj1Rj_yo&feature=youtu.be