नेपाली कांग्रेसले पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र सात दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो।
स्वर्गीय पूर्वमन्त्री खड्काको निधन गत शुक्रबार दिल्लीस्थित एपोलो अस्पतालमा भएको थियो।
बैठकले १३ औं दिनमा भने केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिने निर्णय गरेको छ।